काठमाडौं : स्थानीय तहमा रिक्त पदहरूका लागि आगामी मंसिर १६ गते हुने उपनिर्वाचन हुँदै छ ।
उपनिर्वाचनको लागि निर्वाचन आयोगले सरकारसँग २० करोड रुपैयाँ मागेको छ । सरकारले उपनिर्वाचनका लागि १२ करोड रुपैयाँ आयोगलाई दिइसके पनि अपुग हुने अनुमानित थप ८ करोड रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरिएको निर्वाचन आयोगले जनाएको हो ।
नगरप्रमुख, गाउँपालिका अध्यक्षदेखि वडाध्यक्षसम्म रिक्त रहेका ४३ पदका लागि स्थानीय तहमा उपनिर्वाचन हुन लागेको हो ।