दोलखा : दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ ।
गएराति साढे ११ बजे दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
सामान्य भूकम्प भएका कारण वरपरसम्म मात्र थाहा भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पबाट मानवीय तथा भौतिक क्षति नभएको बताइएको छ ।