काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् ।
उनले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीसँग चीन भ्रमणका विषयमा छलफल गर्ने तय भएको हो । छलफल बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु हुने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले मंसिर १७ देखि पाँच दिने चीन भ्रमण गर्ने तयारी गरेका छन् । तर अहिलेसम्म औपचारिकरूपमा मिति भने सार्वजनिक गरिएको छैन् ।