काठमाडौं : आज काग तिहार मनाइँदै छ । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाउने प्रचलन छ ।
बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कागलाई सन्देशवाहकका रुपमा चिनिन्छ । यस्तै यम दीपदान गर्नेक्रम पनि आज बेलुकादेखि नै सुरु हुँदै छ । तिथिको घटबढका कारण यमपञ्चक हिजो बेलुकादेखि शुरु भएको हो ।