झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइएको प्रतिक्रिया दिएका छन् ।
सोमवार झापाको बिर्तामोडमा नेकपा एमाले जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ४ ५ वर्ष अगाडिदेखि नै कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर प्रचार गरिएको बताए ।
व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै ओलीले नक्कली चिर्कटो बनाएर आफूलाई बद्नाम गरेको जिकिर गरेका छन् । नक्कली चिर्कटो बनाउन एक करोड ११ लाख तिरेको कुरा प्रसाईं स्वयंले स्वीकारेको प्रधानमन्त्री ओलीको भनाइ छ ।