काठमाडौं : आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ क्रिकेटमा नेपालले आज स्कटल्याण्डसँग सामना गर्ने भएको छ ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा हुने खेल राति सवा नौं बजे सुरु हुनेछ। आइतबार राति भएको शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।
लिग २ मा ९ खेल खेल्दा केवल १ जित सहित ३ अंक जोडेको नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। अमेरिका १० खेलमा १४ अंक सहित दोस्रो स्थानमा छ। स्कटल्याण्ड ८ खेलबाट ११ अंकका साथ चौथो स्थानमा रहेको छ। लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स यूएई रहेका छन् ।