काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै विरोध गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु ।त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु ।’
रविलाई चितवनबाट रातारात अमानवीय व्यवहार देखाएर पोखरा लगेको भन्दै सरकारको आलोचना भईरहेको बेलामा प्रचण्डले सरकारको विरोध गरेका हुन् ।