काठमाडौँ : भगवती मानव कल्याण संगठनले आगामी सोमबार काठमाडौँको कोटेश्वरमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
संगठनले काठमाडौँ महानगर, रेडक्रस सोसाईटी र कोटेश्वर महादेव क्षेत्र विकास तथा व्यवस्थापन समाजको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । काठमाडौंको कोटेश्वर महादेवस्थान मन्दिर प्रांङ्गणमा आयोजना हुने कार्यक्रम विहान ११ बजे शुरु हुने आयोजकले जनाएको छ ।
संगठनका संस्थापक सञ्चालक युग चेतना पुरुष परमहंश योगिराज श्री शक्तिपुत्रजी महाराजको जन्मदिवस पारेर कार्यक्रमको आयोजना गरिएको संगठनले जनाएको छ। रक्तदान कार्यक्रममा करिब १ सय जनाको सहभागिता रहने संगठनकी सचिव डा. मिनु सिग्देलले बताउनुभयो । वडा नंवर ३२ का वडाध्यक्ष नवराज पराजुलीले कार्यक्रमको उद्घाटन गर्ने आयोजकले जनाएको छ ।
यस्तै संगठनले “नशामुक्त नेपाल, समृद्ध नेपाल”को मूल नारासहित नेपाललाई नशामुक्त देश घोषणा गर्न माग गर्दै आगामी माघ दोस्रो साता चौथो चरणको पदयात्राको आयोजना गर्ने जनाएको छ । संगठनले “एक वृक्ष राष्ट्रको नाममा” भन्ने मुल नारासहित गत श्रावणदेखि शुरुभएको देशव्यापी १ करोड वृक्षारोपण अभियान जारी रहेको जनाएको छ ।