दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका ६ मा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका ६ मा शुक्रबार बिहान दुर्घटना भएको हो । शैल्यशिखर ९ नक्तडका ४५ दिलीप विष्ट, लेकम गाउँपालिकाकाका ३० वर्षीय वीरेन्द्र रावल, २५ वर्षीया शान्ति रावलको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै डिलासैनी गाउँपालिका ५ नगराउका अन्दाजी १६ वर्षीय सुजित बोहराको पनि मृत्यु भएको छ। ज्यान गुमाउनेमध्ये दुई भारतीय नागरिक रहेका छन् । भारत विजनोर मोभारपुरका ४५ वर्षिय मोहम्मद सकिर र १८ वर्षिय मोहम्मद बसिलको मृत्यु भएको हो ।
एक जनाको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।