काठमाडौं : हाम्रो पार्टी नेपालका संयोजक गोविन्द बोहोरा (ब्रमाण्ड)ले नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सांस्कृतिक राजा बनाउने तयारी भइरहेको बताएका छन् ।
पिटिओ खबरसँग कुराकानी गर्दै ६ महिनाभित्रै नेपालमा ठूलै राजनीतिक परिवर्तनको सम्भावना रहेको बताएका हुन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रास्ट्रपति हुन सक्ने सम्भावना रहेको बताए ।
फरक प्रसँगमा कुराकानी गर्दै संयोजक ब्रमाण्डले प्रहरी हिरासतमा रहेका स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने फेरि सरकारमा आउनसक्ने अनुमान गरे । संविधान संशोधनको शर्तमा प्रधानमन्त्री केपी ओलीले लामिछानेलाई फेरि गृहमन्त्री बनाउन सक्ने अनुमान गरेका हुन् ।
हेर्नुहोस पुरा कुराकानी