काठमाडौं : उत्तरी गाजाको बेइट लाहिया शहरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ९३ जनाको मृत्यु भएको छ ।
इजरायलले गरेको यो हालसम्मकै सबैभन्दा घातक आक्रमण हुँदा उक्त क्षेत्रको पाँच तले आवासीय भवन ध्वस्त भएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल डिफेन्स फोर्स ले गत दुई हप्तादेखि उत्तरी गाजामा विशेष गरी जबलिया, बेइट लाहिया र बेइट हानौन क्षेत्रमा लगतार रुपमा आक्रमण गरिरहेको छ ।
घटनामा घाइते भएका ५० भन्दा बढीको उपचार भइरहेको छ । संयुक्त राष्ट्र मानवअधिकार प्रमुख भोल्कर टर्कले इजरायली सेनाले सम्पूर्ण जनतालाई बमबारी, घेराबन्दी र भोकमरीको जोखिममा पारेको आरोप लगाए ।