काठमाडौं : समस्याग्रस्त सहकारीका ६ हजार धेरै बचतकर्ताको बचत फिर्ता भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ ।
अहिलेसम्म ६ हजार एक सय ५५ बचतकर्ताको शतप्रतिशत बचत फिर्ता गरिएको हो । त्यस्तै चार सय ३८ मागदावीकर्ताको आंशिक भुक्तानी भएको, शतप्रतिशत भुक्तानी भएका र आंशिक गरी अहिलेसम्म एक अर्ब ५१ करोड ५३ लाख ३६ हजार भुक्तानी गरिएको समितिको भनाई छ ।
समस्याग्रस्त घोषणा भएका २२ वटा सहकारीमध्ये अहिलेसम्म तीनवटा सहकारीको मागदावीकर्ताको रकम फिर्ता गरी राफसाफ भएको बताइएको छ । समस्याग्रस्त सहकारीका ६२ हजार ७ सय भन्दा धेरै सदस्य छन् । उनीहरुको मागदाबी ४० अर्ब रुपैयाँ भन्दा धेरै रहेको छ ।