काठमाडौं : अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिएको छ ।
अविरल वर्षाले क्षति पुर्याएका कारण अघिल्लो महिना असोज १२ गतेदेखि अवरूद्ध चिनियाँ भागको सडक आजसम्ममा मर्मत तथा पुनःनिर्माण हुने चिनियाँ पक्षले जनाएको छ ।
भोलिदेखि गाडी चल्ने गरी सञ्चालनमा ल्याउने चिनियाँ पक्षले जानकारी दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । रसुवागढी–केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा सडक अवरूद्व बनेको थियो ।