काठमाडौं : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेको छ ।
पार्टीको शनिबार बसेको केन्द्रीय समितिको बैठकले आन्दोलन जारी राख्न पार्टी उपसभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने निर्णय गरेको हो । कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा ‘राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथितिविरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने’ भनिएको छ ।
बैठकले ‘पार्टी सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएकोले सरकारसँग अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइ गर्न’ माग गरेको छ ।