काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व साहित्यिक सम्मेलनले मौलिक साहित्य र कलालाई विश्वमाझ चिनाउन मद्दत गरेको बताएका छन् ।
विश्व नेपाली साहित्य महासङ्घद्वारा शनिबार आयोजित तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलनमा प्रधानमन्त्री ओलीले साहित्य मनोरञ्जनका साथै समाजलाई जागृत गर्दै अग्रगमनको सन्देश दिने विधा भएकाले यसको महत्व अधिक रहेको बताएका हुन् । काठमाडौँको गौशालास्थित होटल आनन्द पशुपतिमा भएको साहित्यिक विश्व सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।
ओलीले देशको मौलिक साहित्य र कलालाई विश्वमाझ चिनाउन यस्ता सम्मेलन सहयोगी हुने बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङसहितका साहित्यकारहरुलाई सम्मान गरे । सम्मेलनमा एकैसाथ १४ वटा पुस्तकहरूको लोकार्पण गरिएको छ ।
त्यस्तै राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका विभिन्न विशिष्ट व्यक्तित्वहरूलाई पुरस्कृत एवम् सम्मान पनि गरिएको छ । ‘नेपाली साहित्यको विश्वव्यापीकारण, हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ आयोजना गरिएको छ ।
कार्यक्रममा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरू, प्रतिष्ठानहरूका प्रतिनिधिहरु, उपकुलपतिहरू, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका बौद्धिक व्यक्तित्वहरू, प्रतिष्ठित लेखक साहित्यकारहरू, विश्वविद्यालयहरूका विभाग प्रमुखहरू, प्राध्यापकहरू एवम् समाजमा प्रत्यक्ष सरोकार राख्ने चर्चित व्यक्तित्वहरू, कलाकारहरू, साहित्यकारहरूकोउपस्थिती रहेका थियो । महासङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले विश्वका विभिन्न देशको सहभागिता रहेको जानकारी दिए ।