काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार कीर्तिपुरमा मौन प्रदर्शन गरेको छ ।
सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर सरकारले पक्राउ गरेको भन्दै रास्वपाले कीर्तिपुरमा प्रदर्शन गरेको हो । प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका थिए । कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री ओलीले पार्टीको नाममा व्यवसायी मीनबहादुर गुरुङसँग जग्गा दान लिएको नभई घुस लिएको जिकिर गरे ।
उनले भने, ‘एमालेले १० रोपनी १४ आना जगा दान लिएको छ, जोसँग सरकारवादी भएर ललिता निवास काण्डमा मुद्दा चलिरहेको छ, ९ अर्ब बिगो भराउनुपर्ने मुद्दा छ । त्यही व्यक्तिसँग १०० करोडको जग्गा दान लिने निर्णय गरेको छ, त्यो दान होइन, घुस हो । एक ठाउँमा सरकारको जग्गा दोहन गर्ने अर्को ठाउँमा दिने, यो चाहिँ संगठित अपराध हो । संगठित ठगी हो ।’