काठमाडौं : नेकपा माओवादी केन्द्रले शनिबार गरेको सरकारविरुद्धको खबरदारी सभामा सोचेभन्दा कमले उपस्थिति जनाएका छन् ।
माओवादीले अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको खबरदारी सभामा ३० हजार भन्दा बढी उपस्थित हुने दाबी गरेको थियो ।
तर सुरक्षा निकायको प्रारम्भिक फिल्ड रिपोर्टिङ अनुसार सभामा अधिकतम मास ६ हजार ५ सय मात्र देखिएको हो । यसले माओवादीप्रति जनसमर्थन घट्दै गएको देखिएको छ ।