काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्यो भनेर सामाजिक सञ्जाल रंगिएको बेला प्रचण्डले मुख खोलेका छन् ।
सरकारविरुद्धको खबरदारीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफूले झापा र काठमाडौंमा ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला गरेको भन्दै आपत्ति जनाए । उनले भ्रामक प्रचारको खेद प्रकट गर्दै आफूले नभेटेको प्रष्टीकरण दिए ।
उनले आफू विमानस्थलमा हुँदा प्रचण्ड भएको सुनेपछि ज्ञानेन्द्र फर्किएको सुनेको बताए । उनले आफूलाई ज्ञानेन्द्र भेट्यो भनेर बद्नाम गर्न खोजिएको उल्लेख गरे ।