काठमाडौं : गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईको नामबाट आएको इमेलबारे प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको बताएका छन् ।
सत्तारुढ सात दलको बैठकमा बोल्दै उनले जीबी राईको नामबाट आएको इमेलबारे ब्रिफिङ गरेका हुन् । मन्त्री लेखकले उक्त इमेल रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानमा नयाँ क्लू हुनसक्ने सुनाए ।
सरकारमा सहभागी र समर्थन गर्ने सात राजनीतिक दलको बैठक शुक्रबार, बालुवाटारमा बसेको थियो । बैठकमा गृृहमन्त्री लामिछानेले सूर्यदर्शन लगायतका सहकारीको रकम अपचालनमा पक्राउ पूर्जी जारी भएका, तर हाल फरार रहेका जीबी राईको नाममा सञ्चार माध्यमहरुलाई आएको इमेलबारे बताएका थिए ।