काठमाडौं । केपी ओली नेतृत्वको सत्ता गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा भइरहेको आन्दोलनलाई लिएर आपत्ति जनाएको छ ।
शुक्रबार बसेको सत्तारुढ दलहरूको बैठकले प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावित गर्न खोजिएको भन्दै आपत्ति जनाएको हो । बैठकपछि जारी ६ बुँदे साझा विज्ञप्ति जारी गरिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तयार पारेको सर्वसम्मत प्रतिवेदनका आधारमा अनुसन्धान र कारबाहीको प्रक्रिया सुरू भएको विज्ञप्तिमा भनिएको छ ।
सहकारीसम्बन्धी संसदीय छानबिन समितिका सबै सुझाव र निर्देशन सरकारले कार्यान्वयन गर्ने दलहरूले जनाएका छन् ।