वासिङ्टन डीसी : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुक्क भएर नेपालमा सूचना र प्रविधिको क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन्।
अमेरिकी उद्योग वाणिज्य संघले बिहीबार आयोजना गरेको छलफलमा मन्त्री पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेको र त्यसको आकर्षक प्रतिफल प्राप्त हुने आश्वासन दिए ।
मन्त्री पौडेलले नेपालको भौतिक पूर्वाधार, पर्यटन, कृषि, ऊर्जालगायत क्षेत्रमा समेत लगानी गरेर लाभ लिन अनुरोध गरेका छन् । छलफलमा बहुराष्ट्रिय कम्पनी गुगल, मेटा, कोकाकोलालगायत प्रतिष्ठित अमेरिकी कम्पनीका प्रतिनिधिको सहभागिता रहेको थियो ।
रासस