काभ्रेपलान्चोक : काभ्रेपलान्चोक जिल्लामा हालसम्म बाढी र पहिरोमा परी ५९ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते हुनुका साथै ४ जना बेपत्ता भएका छन् । बाढी पहिरोमा फसेकामध्ये हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत ४ सय ५१ जना र अन्य तवरबाट ३ हजार २ सय ७४ जनाको उद्वार गरिएको छ ।
काभ्रेमा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ५९ पुगेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । प्रहरी कार्यालयको जानकारी अनुसार ५२ जना घाइते रहेका छन् भने ४ जना अझै बेपत्ता छन् ।
बाढीपहिरोले अवरुद्ध विपि राजमार्ग खण्ड भकुन्डेसम्म सञ्चालनमा आएपनि नेपालथोक धुलिखेल सडक खण्डमा अवरोध कायम रहँदा सवारीसाधन प्रभावित भएका छन् । यता अरनिको राजमार्गमा पनि सुचारु हुन सकेक छैन ।