जिल्ला होटल व्यवसायी संघ काठमाडौंले आज २०८२ सालको क्यालेण्डर बिमोचन भव्य रूपमा सम्पन्न गरेको छ । काठमाडौंकाे होटल क्रिस्टल पशुपतिमा एक कार्यक्रम बिच बागमति प्रदेशका सभामुख माननिय भुवन पाठक ज्यू को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा होटल व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष शेरू थापा, महासचिव टि आर भण्डारी (शंकर) , सचिव मित्र ढकाल , त्यसैगरी होटल तथा पर्यटन व्यवसायी संघ बागमति प्रदेशका अध्यक्ष दामोदर नेपाल, नेपाल उधोग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा नेपाल उधोग वाणिज्य संघ काठमाडौं का कोषाध्यक्ष नानिराज घिमिरे, संघका सल्लाहकारहरू, ईकाईका अध्यक्ष तथा प्रतिनिधीहरू र संघमा आवद्व व्यवसायीहरू लगायतको उपस्थिती रहेको थियो।
यस्तै संघले होटल तथा पर्यटन व्यवसायी संघ वागमति प्रदेशको तेस्रो अधिवेशनमा काठमाडौं जिल्लावाट निर्वाचित अध्यक्ष दामोदर नेपाल, महासचिव सुनिल अर्याल, सह-सचिव रामकृष्ण बस्नेत, सह- कोषाध्यक्ष ललित जंग र सदस्य बेद प्रसाद लोहनीलाई बधाई ज्ञापन तथा सम्मान गरेको थियो । संघको सल्लाहकारमा चयन हुनुभएका संघका संस्थापक अध्यक्ष, प्रमुख सल्लाहकार शैलेश कार्की, सल्लाहकार हरूमा नेपाल पर्यटन वोर्डका पूर्व उपाध्यक्ष चन्द्र रिजाल, NRNA का उपमहासचिव तथा नेपाल सरकारका पर्यटन प्रवघ्दक सोम सापकोटा, चलचित्र निर्माता तथा हङ्कङ्गका सफल व्यवसायी रविन कुमार नाल्बो, प्रकृति संरक्षण महाअभियन्ता तथा सफल पर्वतारोही पि के शेर्पा, र कानुनी सल्लाहकार ऋषिराम उपाध्यायलाई प्रमाणपत्र अर्पण गरेको थियो ।
प्रमुख अतिथी पाठक ज्यूले पर्यटन व्यवसायमा विभिन्न आयामहरू आएकोले व्यवसायीहरू त्यसको लागि तयार रहन अनुरोध गर्नुभएको थियो भने पर्यटन र होटल व्यवसाय सँग सम्बन्धित ऐन नियम हरू संशोधन र निर्माणमा आफू पूर्ण रूपमा सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको थियो । त्यसैगरी महासंघका बरिष्ठ उपाध्यक्ष थापाले होटल व्यवसायी हरूका समस्या समाधानमा महासंघ सदैव तप्पर रहेको जानकारी गराउनुभएको थियो । प्रदेश अध्यक्ष नेपालले सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गर्नुभएकोमा जिल्ला संघलाई हार्दिक आभार व्यक्त गर्दै यसले काम गर्नको लागि थप उत्साह भरेको बताउनुभयो ।