काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसले काठमाडौँको तीनकुनेमा शुक्रबार भएको राजावादी प्रदर्शनको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले राजावादीको हिंसात्मक प्रदर्शनको जिम्मेवारी शाहले लिनुपर्ने निष्कर्ष निकालेको हो । कांग्रेसले आन्दोलन शान्तिपूर्ण हुने भनिए पनि अराजक गतिविधि मच्चाइएको आरोप लगाएको छ।
साथै, पार्टीले घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै भत्र्सना गरेको बैठकपछि पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । बैठकमा कांग्रेसले वर्तमान संविधान पक्षधर दलहरूको बैठक बोलाउने निर्णयसमेत गरेको महतले बताए ।