काठमाडौं : ऊर्जामन्त्री दीपक खड्काले कुलमान घिसिङको स्पष्टीकरणको जवाफ आएपछि पदबाट हटाउने वा नहटाउने विषयमा सरकारले निर्णय गर्ने बताएका छन् ।
शुक्रबार संसद भवनमा कुलमानलाई हटाउने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले स्पष्टकरणको जवाफ आएपछि सरकारले निर्णय गर्ने बताएका हुन् ।
उनले नेपालमा भारतबाट बिजुली आयात गरिएका कारण लोडसेडिङ हट्न सफल भएको जिकिर समेत गरेका छन् । भारतलाई समेत विजुली आवश्यक भइरहेको अवस्थालाई नेपाललाई विद्युत् दिएर ठूलो सहयोग गरेको मन्त्री खड्काको भनाइ छ ।