काठमाडौँ : बुद्द एयरको जहाज जनकपुर विमानस्थलमै पांग्रा छोडेर काठमाडौं आइपुगेको घटनामा नागरिक उड्यन प्राधिकरणले छानबिन सुरु गरेको छ ।
बिहीबार जनकपुरबाट काठमाडौं उडान भर्ने क्रममा जहाजको पांग्रा हराएको हो । बुद्ध एयरको एटीआर ७२ जहाज अगाडिको एउटा पांग्राबिना नै जनकपुरबाट उडान भरेको थियो । जहाजको पांग्रा नभएकोबारे चालकदलका सदस्यहरूलाइ काठमाडौं ल्याण्ड हुने बेलामा जानकारी भएको बताइएको छ ।
जनकपुर विमानस्थलमा जाँच गर्दा पांग्रा धावनमार्गमै फेला परेको र यो विषयमा अनुसन्धान सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अवतरण पछि पांग्रा खोजी गर्दा जनकपुर विमानस्थलमै छुटेको पाइएको छ । उक्त जहाजमा ६२ यात्रु रहेका थिए ।