हिन्दुहरूको महान पर्व हो महाशिवरात्रि पर्व । महाशिवरात्रिका दिनमा नेपालभरि एवं छिमेकी देश भारतबाट समेत लाखौं–लाख भक्तजनहरू सहभागि हुने गर्दछन । नेपालमा जब शिवरात्रिको दिन आइपुग्छ, त्यससँगै गाँजा, भाङ, धतुरोका साथ अन्य नशाजन्य पदार्थ सेवनका लागि समय आइपुगेको प्रतीत हुन्छ । विशेषगरी नागाबाबा, भेषधारी बाबा एवम् युवा पुस्ता समेत भगवान् शिवको नाममा गाँजा–भाङ तानेर कुलतमा परेको साथै चरित्रहिनताको कार्य गर्ने गरेको देखिन्छ । शिवरात्रीमा सुटुक्क बाबाहरुको छेउमा बसेर शिवबुटी भन्दै गाँजा चिलिम लागाउने अनि पशुपति दर्शनै नगरी फर्किने क्रम पनि बढ्दै गएको छ ।
अझ पछिल्लो समय चलचित्र एवम् सामाजिक सञ्जालहरूबाट धर्मका नाममा कलंक स्वरूपका विकृति बढ्दै गएको छ ।
चलचित्र र टिभि सिरियलमा भगवान शिवको भेष धारण गरेर भगवान शिवलाई नशा सेवन गर्ने पात्रको रूपमा प्रस्तुत गरिएको देखिन्छ । धार्मिक आस्थामाथि आघात पु-याउने यस्ता सामग्रीलाई कडा प्रतिवाद नगर्दा यसले युवा पिढीलाई पतनको मार्गमा लगिरहेको छ ।
भगवान शिवले त समुन्द्र मन्थनबाट निस्किएको हलाहल विषबाट समाजलाई बचाउन कण्ठमा धारण गनुभएको थियो । बिष पिएर पनि भगवान शिवले आफ्नो कण्ठबाट तल हृदयसम्म जान दिनुभएन । जुन समाजलाई बचाउन उहाँले हलाहल विष कण्ठमा धारण गर्नुभयो तेही समाज आज शिवको अपमान गर्दै विकृत्ति फैलाउन सहभागि भएको छ ।
विभिन्नखालका व्यावहारिक समस्यामा रहेका, किंकर्तव्यविमूढ नागरिक, कठिन परिस्थितिबाट गुज्रेकाहरू, अभिभावकको निगरानीबाट पर रहेका किशोर, जीवनको अर्थ नभेट्टाएका व्यक्तिको मन चाँडो बहकिने भएकाले यसप्रकारको दुर्व्यसनको सिकार भएको पाइन्छ।
सुरुमा गाँजाभाङको लत लागेपछि सोचविचार असन्तुलित हुँदै जान्छ। क्रमशः पाचनशक्ति कमजोर भएर जान्छ, विस्मृति हुनथाल्छ। विस्तारै इन्द्रियले काम गर्न छाड्छन्। शारीरिक ऊर्जा निस्तेज हुँदै जान्छ, निस्त्र्कियता आउँछ, भएका प्रतिभा तथा सम्भावना हराउन थाल्छन्। सबैतिरबाट मानसिक, शारीरिक, सामाजिक निष्त्र्कियता हुन्छ भने उसमा नशाले धेरै नकारात्मक स्थितिको विकास गरिसकेको हुन्छ।वास्तवमा नेपाल शिव–शक्ति सभ्यताको भूमि हो। यस भूमिले तप–साधनासँग सम्बन्ध गाँसेको छ। महाशिवरात्रिमा शिवको आराधना, श्रद्धा, भक्ति, स्तुति तथा साधनालगायत कार्यबाट शिवकृपा प्राप्त गर्न सक्नुपर्दछ ।भगवानका नाममा हुने गरेका यस्ता नकारात्मक कार्यलाई रोक्नुपर्छ। शिवरात्रिजस्तो पवित्र पर्वलाई गाँजा, भाङ, धतुरो, चरेसजस्ता नशालु पदार्थसँग जोड्नु कदापि धार्मिक कार्य हुन सक्दैन।
यसमा आम नागरिक र सरोकारवाला निकाय मूकदर्शक भएर बस्नुहुँदैन । अघिपछि अबैध मानिने यस्ता नशाजन्य पदार्थहरू खुल्ला रूपमा सेवन हुँदा राज्य निरिह बन्नु दुखदायी छ । यसमा प्रशासन कसरी मूकदर्शक भएर बस्न सकेको हो विचारणीय छ ।नेपालमा नशाको सेवनले समाज तिब्र गतिमा गइरहेको अवस्थालाई दृष्टिगत गर्दै भगवती मानव कल्याण संगठनले पछिल्लो १७ बर्षदेखि नशामुक्तिको क्षेत्रमा कार्य गर्दै आएको छ। संगठनले नशामुक्ति अभियान “नशामुक्त नेपाल–समृद्ध नेपाल” अन्तर्गत कयौँ चरणमा जनजागरण पदयात्रा, साधनात्मक क्रम एवम् घरदैलो अभियानका माध्यमबाट हजारौँ व्यक्तिहरुलाई नशामुक्त बनाइसकेको छ ।
संगठनले नेपालमा हजारौँको संख्यामा मानिसहरुलाई सामूहिक एवम् निःशुल्क नशामुक्त गर्न पहिलो पटक अन्तराष्ट्रिय स्तरको विशाल शिविरको आयोजना गरेको छ । “राष्ट्र निर्माण, शक्ति साधना नशामुक्ति शिविर” नाम दिइएको उक्त शिविर आगामी २०८२ साल बैशाख १२ र १३ गते काठमाडौंमा आयोजना गरिएको हो । यस आयोजनामा भगवती मानव कल्याण संगठनका संस्थापक–सञ्चालक “धर्मसम्राट युग चेतना पुरुष सद्गुरुदेव परमहंश योगीराज श्री शक्तिपुत्रजी महाराज” स्वयं उपस्थित हुने कार्यक्रम रहेको छ ।
उहाँको सानिध्यमा शक्तिपातको माध्यमबाट हजारौँ मानिस एकसाथ नशामुक्त हुनेछन । निशुल्क नशामुक्ति शिविरमा सहभागि हन इच्छुकहरुलाई संगठनले टोल फ्रि नम्बर १८१०५०००१४५ र संस्थागत वाट्सएप नम्बर ९७६७२८५०५० मार्फत नामावली सुचिकृत गर्ने कार्य शुरु गरिसकेको छ । यदि तपाईका आफन्त इष्टमित्र, छरछिमेक वा चिनजाका कोही नशा सेवन गर्ने व्यक्तिहरु छन वा तपाई आफैँ नशाजन्य पदार्थबाट ग्रसित हुनुहुन्छ र नशा छोड्न चाहनुहुन्छ भने यो दुर्लभ अवसरको सदुपयोग गर्न आग्रह छ ।
(लेखक अजय अवस्थी नशामुक्ति अभियानका अन्तराष्ट्रिय अभियन्ता, भगवती मानव कल्याण संगठनका केन्द्रिय महासचिव एवम् सिद्धाश्रम रत्न हुनुहुन्छ।)