काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औं महाधिवेशन २०८४ को चुनावअघि नै हुने जिकिर गरेका छन् ।
संस्थापन पक्षकै केही नेताहरुले महाधिवेशन आगामी निर्वाचनपछि गर्ने बताउँदै आएका बेलामा महामन्त्री थापाले महाधिवेशनको मितिबारे कुनै दोहार नभएको स्पष्ट पारे ।
कांग्रेसको काठमाडौं महानगरपालिका– ७ को वडा सम्मेलनलाई सम्बोधन गर्दै उनले एक महाधिवेशनबाट अर्को महाधिवेशनबीच जति तन्काए पनि साढे ५ वर्षभन्दा अघि जान नमिल्ने उल्लेख गरे । निर्धारित मितिअनुसार कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र गरिसक्नुपर्नेछ ।