अनुमानित मिति २०६९-७० सालतिर सुदुर पूर्वी उत्तर पहाडका एकजना दूध कटुवा तर प्रतिष्ठित व्यक्ति, जस्लाई पछि टुक्के प्रमुख पनि भन्न थालिन्छ उनको निजि प्रेस संयोजक पनि भनिने रहेछ, जो अन्दाजी उमेर ४५ कटेको जस्तो देखिदैन, उनी जेलमा थुनिएका हुन्छन् ! सपनाको कुरो न हो, कथा सम्झे अनुसार हिरा लुटेको अभियोगमा प्रहरिले ती उपनाम “हिरा”आचार्यलाई पक्राउ गरेर थुनेर राखेको स्थान भिमफेदी भनिएको छ । जहाँ ठगी ब्यापार भनिने नेटवर्किङ कारोबार गरेको भनी सरकारले संचालकको हैसियत भएको भन्दै हिरा लुटेरालाई राखेकै जेलमा नेट्वर्किङ कारोबारिहरु मध्यका एकजना महान “पुरुष” थर भएकालाई पनि राखेको रहेछ ।
जहाँ हिरा पुरुषको संयोगात्मक भेट हुन्छ । तब महान सहकारी ठग्ने योजना बन्छ । योजना बन्छ- सहकारी खोल्ने र सहकारीमा जम्मा भएको रकम मध्य करिब करिब ६० प्रतिशत पैसा संन्चालकले चलाउने अनि ४० प्रतिशत जति सहकारी कारोबारमा प्रयोग गर्न मिल्ने गरिको योजनामा अगाडी बढ्ने । साथै सहकारीमा थुप्रो पैसा जम्मा गर्न माहिरहरूको साथ लिने अनि शक्तिशाली व्यक्तित्व र सहकारी बैंककै अध्यक्ष बनिसकेका मानिस समेतलाई खोज्न सकेमा मालामाल पैसा चलाउन पाइने तत्कालीन योजनाकारहरुले योजना बनाउँछन । नभन्दै सोचे अनुसारकै योजना जेलभित्रै बन्छ र पारित समेत हुन्छ । लगत्तै योजना कार्यान्वयनको लागि जेलबाट बाहिर आउन पर्ने हुनाले जेलबाट निकाल्न सक्ने शक्तिशाली व्यक्ति समेत खोजिन्छ र संयोगले भेटिन्छ पनि त्यस्तै । झापातिर पछि बसोबास गर्न आईपुगेका र लामो समय जेल जीवन समेत बिताएकासँग सम्पर्क भएका मुख्य योजनाकार मध्य एकजनाले भन्छन् हामीलाई बाहिर निकाल्न ल्याकत राख्ने एकजना छन् । अझ उनीलाई हाम्रो योजनाका मुख्य सल्लाहकार बनाउन सकेमा अथाह पैसा पनि जम्मा हुन सक्ने र थप पैसा समेत कमाउन सकिने उपाय समेत उनिलाई थाहाँ छ भनेपछी पहिला जेलबाट निक्लने र त्यसपछी कार्य अगाडी बढाउने निर्णय गर्दै पहिलो योजनालाई साकार बनाउन टिम तयार हुन्छ । नभन्दै नयाँ शक्ति सहितको नयाँ जीवन जिउन पाइने आशाको अपेक्षा सहित खुसिले गदगद हुँदै गर्दा, टिम लेज बाहिर आउँदा नआउँदै बाहिर निस्कने ढोका कटेर पहिलो पाईला टेक्ने बित्तिकै मिटिङको समय पो तोकिएको हुन्छ । नभन्दै सबै सिधै मिटिङ्गमा जम्मा हुन्छन् ।
मिटिङ्गमा अनुहार हेर्दा त, घगडान घगडान नेता देखि उच्च पैसाको ब्यबस्थापन गर्न सक्नेसम्मका चर्चित चर्चित अनि राजनीतिक निर्णय गर्ने अधिकार राख्नसक्नेसम्मका व्यक्तित्व । परिचय सुन्दा त, कोहि काभ्रेबाट चुनाव जितेका सांसद भनेर परिचय दिदै थिए, कोहि झापाबाट, कोहि ओखलढ्ङ्गे खतिवडा रे कोहि तनहु तिरका पछि काठमाडौं आएपछी बिध्यार्थी नेता बनेका रे, कोहि काठमाडौको साखु तिरबाट श्रीमानको ठाउँमा चुनाव उठ्दा त्यही क्षेत्रबाटै चुनाव जितेका सांसद रे, कोहि मकवानपुर तिरबाट खुङखार नेताको छवि बनाएको मान्छे रे अनि एकजना त सहकारी सिद्धान्त सबै जानेका सहकारी बोर्डका प्रमुख तथा नेता दुबै भइसकेका व्यक्तिका छोरा समेत कति कति पावरफुल मान्छेहरु । नभन्दै योजना यस्तो बनिसकेको हुन्छ अथाह पैसा सहकारीमा आउने पक्का । त्यसपछि थप योजना बन्दै जान्छ र क्रमशः टाइकुन मिडिया खोल्ने अनि मिडिया चलाउन मिडिया क्षेत्रका नामुद नाम कमाएका मान्छेहरूलाई जति पैसा तिरेर भएपनि ल्याउने र नेपालमा अर्को धमाकेदार ठूलो मिडिया हाउस चलाउने । योजना पनि कति पक्का भने अमेरिकाबाट पाल्नु भएका पाहुना देखि चर्चित हिमालको नामबाट कम्पनी खोलेका मालिकसम्मलाई राखेर मिडिया चलाउने । अझ केही गरि पैसा जम्मा नभएमा झापा तिरका घगडान डनले पैसा जसरिपनी जम्मा गर्न उर्दी जारी गरिदिने भनेपछी अरु के चाहियो । संयुक्त जेलटिम योजना सुनेर मख्ख परिरहँदा अझ एकजनालाई त सित्तैमा मिडियाको प्रबन्ध निर्देशक बनाउने प्रस्ताव पारित गर्दा भगवानले पुर्वजन्मको कर्म अनुसार यो जन्ममा उपहार दिएछन् भनेर मख्ख पर्दै थिए । आफ्नो भकारी भर्न सहकारी खोलिसकेपछि सँगसँगै अर्को कार्य अगाडी बढ्छ धमाकेदार मिडिया चलाउने । अब मिडिया नै चलाउने भएपछी भनेको जस्तो आफ्नो स्वार्थ पूरा गर्न मिडियामा चर्चित सिनेकर्मी देखि आँखै नदेख्नेसम्मकालाई र स्थापित मिडियाका चर्चित हस्तिलाई जम्मा गरेर धुमधमकाका साथ सार्वजनिक घोषणा गर्ने निर्णय हुन्छ ।
जब टिमले नै पैसाको अलिकती पनि कमि नहुने बुझ्छ तब मिडिया उद्घाटन र कार्यक्रम घोषणा पनि सानोतिनो ठाउँमा के गर्नु भनेर नागपोखरी तिर रहेको एक नयाँ ठूलो घरलाई नै घोषणा गर्ने ठाउँ बनाउने निर्णय गर्छन् र कार्यक्रम पनि भनिएको र बनाईएको योजना जस्तै गरि सबै मान्छे जुटाएर गरिन्छ । त्यसपछि सुरु भएको देखिन्छ नेपालकै हाई क्वालिटी सहितको मिडिया कर्म ! नभन्दै मिडिया घोषणा सँगै सुरुसुरुमा पूर्व योजना अनुसार नै जताततैबाट पैसा आफैं आएर जम्मा भएको छ- छ । तरफेरि के देखिन्थ्यो भने पैसा जति आएर जम्मा भएपनि पैसा बाहिर जाने पनि त्यस्तै । जसरी आएको त्यसरी नै गइरहेको त्यस्तै देखिन्थ्यो । मैले सपनालाई सम्झे अनुसार पैसा हाई क्वालिटिको यन्त्रले फुत्त फुत्त जादु गरेजसरी आफैं तानेर लग्ने । यसरी भकारी सहकारी खुल्छ अनि मिडिया पनि खुल्छ र चलेको देखिन्छ पनि । भकारी सहकारीबाट ऋण लगानी पनि हुन्छ, त्यहि योजना अन्तर्गत अमेरिकी पाहुनलाई सुरुमा 4k जति दिन्छन् । अमेरिकन पाहुनाले गोपिकृष्ण हलपछाडी जस्तो लाग्ने ठाउँ तिर ४ रोपनी जतिको जग्गा पनि किन्छन् । अब सहकारीको नामै भकारी भएकोले लगातार ऋण प्रवाह पनि गरिरहन्छन् । क्रमशः ऋण लगानी गरिरहँदा भक्तपुर तिर घर भएका बस्नेत नेता भनेर चिनिने केटाको बुबा आमा बहिनि र छोरालाई समेत पैसा लगानी गर्छन् । आखिर सहकारीको नामै भकारी पैसाको के खाचो हुदो हो र । हुँदा हुँदा एक रेस्लर खेलाडी बन्छु भन्ने खड्का जिलाई पनि भक्तपुरे नेताको लहलहैमा लागेर लगानी गरेको देखिन्छ । यसरी रोमान्चक कथा सपनामा क्रमश देख्दै थिए । तर एकाएक बीचमा के भयो कुन्नि अमेरिकी पाहुनालाई नेता बन्न मन लागेछ क्यार स्वाट्ट मिडिया छाडेर नेता बन्छु भनेर फुत्तै निस्केर आफू त नेता हुनलाई जन्मेको भनेर सुगारटान गरे जसरी रटिरहनु हुन्छ ।
जब त्यसरी संयुक्त टिम मध्यको एकजना नेता भएको घोषणा गर्छ त्यही संयुक्त टिम प्रमुख केही समय त ट्वा परेर बस्छन् । उनिले बेलाबेलामा भनेको सम्झिदा के भन्थे भने, भगवानले पुर्व जन्मको फल दिएको छ, मलाई केको डर छ भन्थे । पछि त ऋण दिएको पैसाले मलाई डुबाउने भन्दै पो बिचरा छटपट्टिएर रन्थनिएका देखिन्थे । ती त ओखलढुङ्गे पो रहेछन् । यो उनि छटपटाएपछी भने र थाहाँ पाइयो । बिचरा जब बेहोसिबाट बिस्तार बिस्तार ब्युझिएर उठ्यो तबबाट ओखलढुङ्गे केटोले केही उपादयिता खोज्न पर्छ भन्ने ठानेछ क्यार उस्ले नयाँ नाम लिस्ट बनाउन लाग्छ । लिस्ट अनुसार नै होला उस्को लागि भरपर्दो जङ्गल पार्टीलाई सम्झन्छन् र त्यही पुग्छन् । त्याहा पुग्नुको कारण सायद कहि न कहि केही न केही गलत मुद्दामा संलग्न भएकाहरु तिनलाई थाहाँ भएकोले उनी त्याहा पुगे । नभन्दै जङ्ग्ली टिममा केही पहेला धातु काण्ड देखा पर्न थालिसकेका थिए । पछि के थाहा पाइयो भने पहेलो धातु त नयाँ जङ्गलि उनिहरुको खाजा खाने खजना बिस्कुट पो रहेछ । ती फेरि कति रिष्ट्पुष्ट देखिन्थे भने कुरै नगरौं । दार्हा नङ्ग्रा सब भएका । बिचरा ती ओखलढुङ्गे केटोले के खोज्छस् कानो आँखो भनेजस्तै राहात महसुस गरेजस्तो प्रस्टै देखिन्थ्यो । पछि त कथा जति अगाडी बढ्छ कस्तो रमाईलो सिन देखिन्थ्यो भने, ओखलढुङ्गे केटो लगायत पहेलो बिस्कुटलाई खाजा बनाएर खानेहरु अनि राता राता चक्रे काठका दाउरामा बसेर घासेकिरा सँगै ग्वाम ग्वाम गोलबद्द भएर पार्टी खान बसेका रमाईलो सिन । फेरि एकाएक सिन बद्लिन्छ । पार्टीबाट ओखलढुङ्गे केटो जुरुक्क उठ्छ र सिधै बिस्कुट खाजा खानुको सट्टा सबै छाडेर बरु पैसाकै डस्ना र सिरानी सिएर त्यस्मै सुत्ने योजना पो बनाउछ । अनि केटो लाग्छ त्यो सिरक डस्ना बनाउन अर्डर गर्न नेपाल छाडेर विदेश जान । यसो ओखल्ढुङ्गे केटो बहिर जान निक्लेको मात्रै के खोजेको थियो, झापाली डन देखि सबै मिलेर बाहिर जाने सबैबाटो भरि पर्खाल पो लगाईदिइ सकेका रहेछन् । भयो अब, केटो फेरि एकछिन के भएको थाहा नपाएर रन्थनिन्छ । एस्तै कुनै एकदिन रनथनिएर बसिरहेकै सायमा जङ्गलराजका प्रमुख भन्दा तलका एकजनासँग अनेकन रङ्गिन दुनियाको कथा सुन्ने र सुनाउने कार्यक्रम बनेको छ, त्यो कार्यक्रममा भाग लिन आउने कि भनेर ओखलढुङ्गे केटोले कुनै समय बुटवल तिरको पैसाको एउटा घर कुर्न लगाएको एकजना पालेले पो एकाएक खबर गर्छ । ओखलढुङ्गे केटो अबभने दङ्ग पर्छ, र हत्त न पत्त कथा सुन्न जान्छ त त्यहा पनि फेरि पहेलो बिस्कुटको खाजा खानेहरु देख्छ ।
उल्टो ओखलढुङ्गे केटो त्याहा के मात्र पुगेको थियो उनिहरु पो मख्ख पर्छन् । उस्को पालो पहिला सबैको कथा सुन्छ र अन्तिममा आफ्नो कथा सुनाउन प्रस्ताव गर्छ र कथा सुनाउदै जान्छ । हेर्नुस हजुर बिस्कुटले सधै आफ्नै पेटलाई मात्र राम्रो गर्छ भन्ने हुँदैन, कहिलेकाही क्षरपाटी पनि लाग्न सक्छ । यो कुरा ख्याल पुर्याउनु होस है भनेर कथा सुनाउदै आफ्नो तर्फबाट पनि एउटा प्रस्ताव राख्छ र भन्छ तपाईहरु पहेलो बिस्कुट पचाउन सक्नेहरु निक्कै बलियो हुनुहुन्छ । अहिले तत्काललाई आफू विदेश नगई नहुने भएकोले जाने बाटोभरी पर्खाल लगाईएको छ । त्यसैले कृपया म तपाईहरुको लागि काम लाग्ने मान्छे भएकोले मलाई त्यो लागेको पर्खालको एउटा सानो कुनालाई कोट्याएर प्वाल पारिदिन र आफू निस्किसकेपछी फेरि प्वाल टालिदिन भन्छ । ओखलढुङ्गे मित्रले यत्ति के प्रस्ताव गरेको थियो निर्णयाधिकारि आफैं एकदम हौसिदै त्यो काम तुरुन्त गर्न मान्छे खटाईदिइ पो हाले त ! नभन्दै ओखलढुङ्गे केटो लाग्यो सिरक डस्ना बनाउन विदेश ! जब केटो विदेश पुग्छ नि उस्ले नेपालको घट्ना सुनाउन थाल्छ । मेरो भकारी नामको सहकारी थियो । अनि जीवन पनि भरिभराउ नै थियो । तर के गर्नु म अभागिको खप्पर नै सानो । किनकी एक नाइके अमेरिकन दाजुले जब्ब २१ तोपे सलामी खाने अनुमति पाए नि, म सुरुमा त खुसी थिए पछि तीनछ्क परे । किनकी झापाली डनको योजनामा पैसैपैसाको घरमा सजाएर आफू पनि सजिएर अनि साथिहरुलाई पनि राख्ने मेरो सपना थियो । सँगै नेपालमा अर्को ठूलो कुहल्ला गर्ने मिसिन घर बनाएर सारा गरिब दुखी असाहयलाई कजाएर राजा हैन माहाराजाको जिन्दगी बिताउने योजना समेत थियो तर त्यो सबै तुहियो । यस्को मुख्य कारण के हो भन्ने ती अनागरिक दाजुले नै जानुन । आखिर म त आफ्नो योजना अनुसार नै छदैथिए । मलाई त केही घाटा लागेको जस्तो भएपनी आखिर मिल्नेसम्म मिलाउने तौरतरिका त जानेकै छु भनेर ढुक्क थिए । तर एक्कासी फेरि के भएछ कुन्नी झापाली डन सरले २१ तोपेलाई एउटा सिङ्गै घर रेखदेख गर्ने जिम्मेवारी दिने खबर पाए मैले । खबर पाउने बित्तिकै खुसी नै भएको थिए । किनकी आफुले योजनामा पारेको व्यक्तिले जागिर पाएछ राम्रै भयो भानेर । अर्को कारण त्यो जागिरले खाएको पैसाले आफुलाई पनि सहयोग नै होला भनेर मेरो पालो कागजकै फुललाई रङ्गाएर म आफैं त्यो जागिर घरसम्म पुगेर शुभकामना पनि दिएकै थिए । यत्तिसम्म त ठिकै थियो । जब केहिदिन मात्र के बितेको थियो, बिश्वास गरेको साथिले त आफुले जागिर खाए भनेको त त्यो घर त जागिरले खाएको भुतघर पो रहेछ भन्छ यार । अनि फेरि भन्दै भन्दै जादाँ त्यो भुतघरमा हरेक किसिमको नकारात्मक उर्जाले भरिपूर्ण अनि फेक करेन्सि आमदानीको श्रोत पनि भएको थाहाँ पाए नि हजुर भन्छ । यत्ती सुनिसकेपछी भने मेरो अर्को आँखा खुल्यो र थप नयाँ कार्य गर्ने योजना बनाए साथै आफ्नो नियन्त्रणमा रहेको हाहाकारीलाई डेन्टिङ्ग पेन्टिङ्ग गरेर थप रङ्गाउने मनको धोको बनाए र पाले साथिलाई आवश्यक परे सहयोग गर्न भने । उस्ले नाइँ गर्दिन भन्न पनि सक्दैनथ्यो किनकी यो त हाम्रो सुनौलो दीर्घकालीन योजना थियो । यो हाम्रो संयुक्त योजनाको सुईको कताबाट् कताबाट पहेलो बिस्कुटलाई ओहरदोहर गर्न सघाईदिने एकजना पहिले भटेनी तिरका अहिले किभका अधिकारी जो सधै सार्वजनिक रुपमा निलो लुगामा देखा पर्छन्, तिनिले पो थाहाँ पाएछन् । त्यसपछि त बिचरा ती निले अधिकारीको पो निद उडेछ । यस्को पनि कारण पछि थाहा लाग्यो । बिचरा ती निले दाजु छट्पटाएर म कहाँ किन सहयोग माग्न आएछन भनेको त उनिले बिस्कुट ओहरदोहर गर्दा दुई चारवटा पुरिया खल्तिमा हाल्ने गरेका रहेछन् त्यो मेरो नयाँ जागिरे केटोले थाहाँ पाएको रहेछ । जस्को लागि अब त्यो दोषबाट बचाइदिन भन्दै हारगुहार गर्न पो म कहाँ खुट्टा समाउन आइपुगेको रहेछ । म फेरि दयालु मान्छे- हुन्न किन भन्थे र । मैले निले दाजुलाई पनि सक्दो कोसिस के मात्र गर्न थालेको थिए, बिचरा मेरो केटोले जागिर खाँदा उल्टो कागजपत्र बुझाएको उस्को हाकिमले थाहा पाउने बित्तिकै एकमहिनामै निकाला गरिदिइ त हाल्यो । त्यसपछि त केको हुन्थ्यो । पछि त मैसँग पो त्यो निलेले उल्टो निहुँ पि खोज्न थाल्यो नि । मेरो पालो अब कहि नसकिने भयो भन्दै प्वाल परेको पर्खालबाट टाप कसेर आईपुगे विदेश । अँ, मलाई त बिदेश आएपछी पनि पो छाडेनन् नि । किन रहेछ भनेको त मेरो पैसैपैसाको घरका सदस्यले निहु खोजेर मलाई नै पो कस्को उक्साहटमा हो उजुरी गरेछन् ।
मेरो केटोलाई पनि त्यस्कै घानमा मुछेछन्, जबकी मेरो केटोको खासै सिधै गल्ती थिएन । त्यो सुनौलो पैसैपैसाको घर बनाएर महाराजा भएर बाच्ने योजनाको प्रमुख हर्ताकर्ता म थिए । तर मेरो केटो निकै आत्तिएको छ । मैले पनि आत्तिनै सकेपछी केही गर्न सक्ने अवस्था पनि भएन । त्यसैले अहिले मेरोपालो आफू विदेशमा भएकोले मैले फिल्म अगाडिको ट्रेलर मात्र हेरिरहेको छु । अहिले त फिल्म जस्तो नै पो पनि लाग्दै छु । हेर्दै जाउ अगाडी । तर रमाईलो के लागिरहेको छ भने बिचरा ती मेरा हजारौं सदस्यले उजुरी जति गरेपनी म आफू विदेश भएकोले के कसरी न्याय पाउलान् भनेर अहिले सोचिरहेको छु । यहि बिचमा मेरो नामबाट अनेकनवालाहरुले समाचार बनाईरहेको पनि हेरिरहेको छु । कोहि नेपालबाट समाचार बनाई रहेका छन भने कोहिले सात समुन्द्र पारिबाट ! म भने बडा दोधारमा परेर के गरौं के नगरौं भन्दै समयलाई कुरिरहेको छु । अनि कहिले कहिले त मलाई लाग्छ- ती साम, दाम, दण्ड, भेद अनि छौडा खेलाउन माहिर डनहरुले आफू आरामले सुतिरहेकै स्थानमा आएर मैले नै थाहा नपाउने गरि मलाई पनि भगवानको दर्शन पो गराउछन् कि क्या हो ! तै पनि मलाई लाग्छ अहिलेसम्म त छु, बाँकी भगवान भरोसे ! जे होस् देखिएको मुख्य कर्ता म नै मुख्य भएकोले यी उठेका सारा समस्याको समाधान गर्ने मुल नैतिक दाईत्व मेरो नै भएकोमा म जान्दछु । नत्र उहीँ हाम्रो देशमा चली आएको कथा माथिका कथाहरु… बाँकी कथा ब्यथा याहाँहरुले पनि सुनाउने कि !
लेखक : गोविन्द बोहरा “ब्रह्माण्ड” उहाँ – हाम्रो पार्टी नेपाल -का केन्द्रीय संयोजक हुनुहुन्छ ।