रसुवा : रसुवागढी–केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा आएको छ। अबिरल वर्षाको कारण क्षति हुँदा गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भू–भागको सडक पुनःनिर्माण सम्पन्न गरी आजबाट सञ्चालनमा ल्याइएको हो ।
सोमबारबाट सञ्चालनमा ल्याउने भनिएपनि सडकको काम नसकिएकाले आजबाट सुचारु भएको छ । आज बिहानबाट चीनीयाँ साना सवारी साधन लगायत नेपाली मालबाहक कन्टेनरहरु केरुङबाट रसुवागढी नाका हुँदै नेपाल भित्रिएका थिए ।