कास्की : सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको वयान सोमबार पनि पुरा भएन् ।
प्रहरीले लामिछानेसँग सरकारी वकिलको कार्यालयमा करिब ८ घण्टा लामो समय बयान लिएको हो । लामिछानेमाथि सम्पत्ति शुद्दिकरणको विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कार्तिक २ गते शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई शुरुमा ६ दिन र त्यसपछि गत बिहीबार कास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको छ ।
पूर्व गृहमन्त्री लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ । लामिछाने पक्राउ परेपछि उनका समर्थकले काठमाडौंमा समेत विरोध प्रदर्शन गरिरहेका छन् । सरकारी पीडितहरुले रबिमाथि निश्पक्ष छानबिन हुनुपर्ने माग गरेर छुट्टै प्रदर्शन गरिरहेका छन् ।