काठमाडौं : जापानमा सात दशकदेखि शासन गर्दै आएको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले बहुमत गुमाएको छ ।
हिजो भएको चुनवामा प्रधानमन्त्री शिगेरु इशिबाको दल एलडीपीले बहुमत गुमाएको हो । जापानको तल्लो सदनमा रहेको चार सय ६५ सीटमध्य एलडीपीले एक सय ९१ सीटमा जित निकालेको छ ।
एलडीपीको सत्ता साझेदार दलको समेत गरी प्रधानमन्त्री इशिबाको पक्षमा दुई सय १५ सीट भएको छ । बहुमतका लागि दुई सय ३३ सीट आवश्यक पर्छ । सन् १९५५ मा पार्टी स्थापना भएदेखि लगातारजसो शासन गर्दै आएको एलडीपीले सन् २००९ मा भएको चुनावमा पनि बहुमत गुमाएको थियो । तर अरु दलसँगको साझेदारीमा एलडीपीले नै शासन गर्दै आएको छ ।