काठमाडौं : नेपालले महिला साफ फुटबलको उपाधि भिडन्त तय गरेको छ ।
आईतबार भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपाल फाईनल पुगेको हो । नेपालले पेनाल्टी सुटआउटमा भारतलाई ४-२ ले पराजित गर्यो । निर्धारित समयमा १-१ को बराबरीमा सकिएपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । भारतका दुई खेलाडीको प्रहार रोकिएको थियो ।
नेपालबाट प्रहार गरेका ४ खेलाडीले गोल गर्दै जिततर्फ दोहोराएका हुन् भारतले खेलको ७१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । त्यसलगत्तै नेपालले पनि गोल गरेको थियो । नेपालकी प्रीति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएको थिएन । त्यसपछि खेल एक घण्टा रोकिएको थियो ।
खेल सुरु भएको एक मिनेट भित्रै नेपालीकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् । नेपालले अब उपाधिका लागि बंगलादेशसंग खेल्नेछ ।