काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा आयोजना गर्ने भएको छ ।
माओवादीले सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्न लागेको हो । माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारीसभा गरिएको बताएको छ ।
कांग्रेस एमाले गठबन्धनको सरकार गठन भएपछि सत्ताबाट बाहिरिएको ममाओवादीले पहिलोपटक सरकारविरुद्ध खबरदारी सभा आयोजना गर्न लागेको हो ।भृकुटीमण्डपमा सुरु हुने जुलुसको नेतृत्व अध्यक्ष पुष्पकमल दाहालले गर्ने छन् । विहान ११ बजे सुरु हुने प्रदर्शन र सभा रचनात्मक र शान्तिपूर्ण हुने माओवादीले जनाएको छ ।